संसद सचिवालयद्धारा सर्वदलीय बैठक आह्वान, बुधबार बस्दै
काठमाडौं- संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै सचिवालयले नयाँ प्रतिनिधिसभाको पहिलो बैठकको तयारी स्वरूप सर्वदलीय बैठक आह्वान गरेको हो ।संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार बुधबार दिउँसो १ बजे सर्वदलीय बैठक बस्ने भएको छ । सर्वदलीय बैठकपछि प्रतिनिधिसभाको पहिलो बैठक दिउँसो २ बजे बस्ने छ ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २७५ सदस्यीय नयाँ संसद्को यो पहिलो बैठक हो । यसपटक ६ वटा दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन् भने एक जना स्वतन्त्र सांसद छन् । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । ३८ सिटसहित नेपाली कांग्रेस दोस्रो, २५ सिटसहित नेकपा एमाले तेस्रो, १७ सिटसहित नेपाली कम्युनिष्ट पार्टी चौथो दल बनेको छ ।
यसैगरी श्रम संस्कृति पार्टी ७ सिट ल्याएर संसद्को पाँचौं दल बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ५ सिट सहित छैटौं दल बनेको छ भने महावीर पुन स्वतन्त्र सांसद छन् । यो बैठकले नयाँ प्रतिनिधिसभाको औपचारिक सुरुवात गर्नेछ । बैठकले सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउने र संसदीय कामकारबाही सञ्चालनका लागि आवश्यक निर्णय लिनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस