निर्वाचन आयोगले बोलायो नेकपाका दुवै पक्षलाई
खबर एक्सप्रेस
२०७७-१०-१५ ०२:२० मा प्रकाशित
Total Shares: 334
काठमाडौं - निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
आयोगले बिहिबार दुवै पक्षलाई छुट्टाछुट्टै पत्र लेखी अध्यक्ष र दुवै पक्षले तोकेका व्यक्ति गरि ५/५ जनालाई शुक्रबार विहान साढे ११ बजे निर्वाचनसम्बन्धी छलफल गर्न बोलाएको हो ।
अनौपचारिक रुपमा फुटेको नेकपालाई केही दिनअघि मात्र निर्वाचन आयोगले दुवै पक्षलाई मान्यता नदिने निर्णग गरेको थियो । नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा निर्णय गर्दै आयोगले दुबै पक्षको दावी नपुग्ने बताएको थियो ।
फेसबुक पेज Like गर्नुहोस