काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ओली पक्षका महासचिव विष्णु पौडेलले सरकारले घोषणा गरेको समयमा निर्वाचन हुने दाबी गरेका छन् । बिहिबार प्रेस संगठनको राष्ट्रिय भेलामा बोल्दै अर्थमन्त्रीसमेत रहेका पौडेलले प्रचण्ड–नेपाल पक्ष निर्वाचनबाट भागेको पनि बताए ।

ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुमतसहित देश सबैभन्दा ठूलो दल बन्ने उनको दाबी छ । “केपी शर्मा ओलीको नेतृत्वको नेकपा निर्वाचनबाट नेपालको सबैभन्दा ठूलो दलको हैसियतमा बहुमत प्राप्त दल बन्नेछ”, उनले भने ।

संसद विघटनबारे सर्वोच्च अदालतले लिने निर्णय मान्य हुने उनको भनाई छ । तर उनले संसद पुनःस्थापनाको कुनै सम्भावना नरहेको दाबी गरे ।