२३ नेपालीको शव बोेकेर काठमाडौं आइपुग्यो कतार एयरवेज
खबर एक्सप्रेस
२०७७-०३-०५ ०३:०२ मा प्रकाशित
Total Shares: 270
काठमाडौं - वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २३ नेपालीको शव आज नेपाल ल्याइएको छ ।
कतारबाट २०, युएईबाट एक, कुवेतबाट दुईवटा शव शुक्रबार दिउँसो कतार एयरवेजको विमानबाट काठमाडौं ल्याइएको हो । यी सबै शव सम्बन्धित परिवारको घरमै पुर्याउने व्यवस्था मिलाइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । सरकारले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय उडान बन्द गरिदिँदा नेपालीको शव ल्याउन कठिन भएको थियो ।
यस्तै, सोही विमानमा कतारमा आममाफी पाएका ४३ नेपाली कामदार पनि स्वदेश फर्किएका छन् । कतारस्थित नेपाली दूतावासले इदका अवसरमा आममाफी पाएका नेपालीलाई कतारले आफ्नै खर्चमा नेपाल पठाएको जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस