अमेरिकामा कोरोनाबाट अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु
खबर एक्सप्रेस
२०७६-१२-२९ ०८:०१ मा प्रकाशित
Total Shares: 309
एजेन्सी - अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या उच्च हुँदै गएको छ । चीनपछि इटली र स्पेन हुँदै अमेरिका इपिसेन्टर बनेको छ ।
वल्र्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३७ जनाको मृत्यु भएको छ भने ३३ हजार नयाँ संक्रमित थपिएका छन् । यो मृत्यु हुनेको संख्या अहिलेसम्मकै एकैदिन मृत्यु हुनेको संख्या उच्च हो । यसअघि अमेरिकामै १ हजार ९ सय७० जनाको मृत्यु भएको थियो । यो समाचार तयार पार्दासम्म ।
२०९ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म यहाँ १८ हजार ७ सय १९ जनाको मृत्यु भएको छ भने ५ लाख संक्रमित भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस