काठमाडौं – कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ६ सय १५ पुगेको छ । आज बिहान ८ बजेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ६ सय १५ पुगेको हो । 

१४ लाख ३७ हजार ७६६ कोरोना संक्रमितको उपचार भइरहेको छ भने ५१ हजार १६० जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । 

कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा २८ हजार ५२९ जनाको मृत्यु भएको छ । इटालीमा २१ हजार ६४५, स्पेनमा १८ हजार ८१२, फ्रान्समा १७ हजार १६७, बेलायतमा १२ हजार ८६८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । नेपालमा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थय मन्त्रालयले जनाएको छ ।