तीन दलको निष्कर्ष : ओलीको असंवैधानिक कदमविरूद्ध मिलेर संघर्ष गरौँ
काठमाडौं - नेपाली कांग्रेस, नेकपाको प्रचण्ड-नेपाल समूह र जनता समाजवादी पार्टी नेपालले संसद विघटन संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ ।
कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार साँझ बसेको ती तीन दलका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरूद्ध मिलेर संघर्ष गर्ने निर्णय गरेका छन्।
३ दलको बैठकले यसविरुद्ध प्रतिवाद गर्ने भन्ने निष्कर्ष पनि निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर, कसरी प्रतिवाद गर्ने भन्नेबारे भने मंगलबार तीनवटै पार्टीको केन्द्रीय कमिटीको बैठक रहेकाले उक्त बैठकमा छलफल गरेपछि पुनः बैठक बस्ने सहमति भएको श्रेष्ठले बताए ।
आजको बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित पदाधिकारी, नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठलगायत र जसपाबाट अध्यक्ष महन्थ ठाकुर सहभागी थिए।
फेसबुक पेज Like गर्नुहोस