सुदूरपश्चिममा एकै दिन २१४ जना संक्रमित थपिए
कैलाली - सुदूरपश्चिममा बिहीबार २ सय १४ जनामा कोरोना पुष्टि भएको छ ।
डडेल्धुरा, बैतडी, कैलाली, बाजुरा र अछाम जिल्लामा थप २ सय १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, बाजुरामा १५ महिला र २६ पुरुष गरी ४१ जना, डडेल्धुरामा ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला र १९ पुरुष गरि २१ जनामा कोरोना पुष्टि भएको हो । यस्तै कर्णालीको प्रयोगशालामा कैलालीकै थप १ जनामा कोरोना पुष्टि भएको छ ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ५सय ९३ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय ४६ जना, कञ्चनपुरमा ७५, डडेल्धुरामा १ सय २३, डोटीका ४२, बैतडीमा ५२, अछामका ६६, बाजुराका ६२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ ।
पुष्टि भएका चार जनाको मृत्यु भईसकेको छ भने ८१ जना निको भएर घर फर्किसकेका छन ।
फेसबुक पेज Like गर्नुहोस