राजीनामाको माग गर्नु एकताविरोधी गुटगत मानसिकता होः मुख्यमन्त्री पौडेल
काठमाडौं - सत्तारुढ नेकपाका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एउटा अध्यक्षलाई मात्र दोषी देखाएर राजीनामा माग्नु एकताविरोधी गुटगत मानसिकता भएको टिप्पणी गरेका छन् ।
पार्टीका अर्का स्थायी समिति सदस्य जनार्दन शर्माले मंगलबारको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएपछि मुख्यमन्त्री पोखरेलको यस्तो टिप्पणी आएको हो । नेकपामा बहुमत सचिवालय सदस्यले आजको बैठकको ओलीले राजीनामा दिनुपर्ने माग गर्ने तयारी गरेका छन् ।
मंगलबार बिहान नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस