फ्रान्सका राष्ट्रपति कोरोना भाइरसबाट संक्रमित
खबर एक्सप्रेस
२०७७-०९-०२ ०४:४९ मा प्रकाशित
Total Shares: 333
काठमाडौं, एजेन्सी - राष्ट्रपति इमानुअल म्याक्रोन कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोनाका लक्षण देखिएपछि उनको परीक्षण भएको थियो । उनको रिपोर्ट पोजिटिभ आएको हो ।
कोरोना संक्रमण भएपछि उनले आफुलाई सात दिनका लागि आइसोलेट गरेका छन् ।
उनले आफ्नो कामहरु भने सुचारु नै राख्ने बताएका छन् । त्यस्तै प्रधानमन्त्री जीन कास्टेक्स पनि आइसोलेशनमा गएका छन् । पछिल्लो समय फ्रान्समा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ ।
कोरोना संक्रमितको संख्या २४ लाख नाघेको छ । ५९ हजारभन्दा बढीको ज्यान गइसकेको छ । सक्रिय संक्रमितको संख्या २१ लाखभन्दा बढी रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस