कांग्रेस सांसद मोहन पाण्डेले लिए पद तथा गोपनियताको शपथ
खबर एक्सप्रेस
२०७७-०८-०८ ०२:५५ मा प्रकाशित
Total Shares: 3062
काठमाडौं - नेपाली कांग्रेसका तर्फबाट समानुपातिकमा प्रतिनिधि सभा सदस्य चयन भएका मोहन पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् ।
सोमबार सभामुख अग्नि सापकोटाले संसद सचिवालय सिंहदरबारमा स्याङ्जाका पाण्डेलाई सांसद पदको सपथ गराएका हुन् ।
प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा पाण्डे चयन भएका हुन् । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको थियो । आयोगको पत्र प्राप्त भएपछि पाण्डेलाई शपथ खुवाइएको हो ।
पाण्डे यसअघि २०७० सालमा पनि सांसद बनेका थिए ।
फेसबुक पेज Like गर्नुहोस