काठमाडौं,मोरङ-मोरङको बेलबारी नगरपालिका-२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा सुन्दरहरैचा-११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी-२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीकाका अनुसार उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ गते गणतन्त्र दिवसका दिन घरबाट निस्किएका थिए ।

बेपत्ता बालिकाहरूको खोजी जारी रहेको प्रहरील जनाएको छ ।