काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी संरचनात्मक संकटमा पर्नुको कारण नेताहरुको सोच र स्वार्थ भएको टिप्पणी गरेका छन् । 

बिहीबार सामाजिक सञ्जालमार्फत डा.भट्टराईले आधुनिक नेपाली इतिहासको अग्रणी व्यक्तित्व  बीपी कोइराला र पीएलको स्मृति दिवस मनाइरहँदा मुखले गुणगान गाए पनि नेताहरुको काममा आफ्नै सानो सोच र स्वार्थ रहेको बताएका हुन् । यसले कांग्रेस र कम्युनिष्ट पार्टी संरचनात्मक संकटमा धकेलेको कटुसत्य नबिर्सनसमेत बाबुरामले आग्रह गरेका छन् । 

‘आधुनिक नेपाली इतिहासका दुइ अग्रणी व्यक्तित्व बिपी र पीएलको स्मृतिदिवस (क्रमश: साउन ६ र ७ गते)मनाइरहॅदा मुखले वहाॅहरूको गुणगान गर्ने तर काम आफ्नै सानो सोच र  स्वार्थ अनुरूप गर्ने प्रवृत्तिले समग्र नेपाली राजनीति र विशेषत: नेका र नेकपालाई संरचनात्मक संकटमा धकेलेको कटुसत्य नबिर्सौं!’ उनले ट्विटरमा लेखेका छन् ।