काठमाडौं - आन्दालनरत शिक्षकहरु र शिक्षामन्त्री रघुजी पन्तबीच वार्ता भइरहेको छ । शनिबार बिहान शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीसँग शिक्षामन्त्री पन्त वार्तामा जुटेका हुन् ।

शिक्षामन्त्रीसँगै शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा वार्तामा सहभागी छन् ।

शिक्षकहरुको आन्दोलन र उनीहरुका माग सम्बोधनका लागि छलफल भइरहेको बताइएको छ ।

शुक्रबार शिक्षामन्त्रीले बोलाएको बैठक प्रभावित बनेको थियो । महासंघले शिक्षा ऐन जारी लगायत माग राखेर चैत २० गतेदेखि सडक आन्दालन गरिरहेको छ ।