नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
खबर एक्सप्रेस
२०८२-०१-२० ०८:३८ मा प्रकाशित
Total Shares: 53
काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्न लागेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम शुक्रबार संसदमा प्रस्तुत गरेपछि पार्टीको धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि बैठक बोलाइएको जनाइएको छ ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा सोमबारदेखि संसदमा निरन्तर छलफल हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस