काठमाडौंको जरंखुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
खबर एक्सप्रेस
२०८०-०२-०३ ०५:४५ मा प्रकाशित
Total Shares: 79
काठमाडौं - काठमाडौंको तारकेश्वरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको हो।
तारकेश्वर नगरपालिका– ६ जरंखुमा बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको थियो। सो बसलाई क्रेनको सहायताले सडकमा ल्याइएको छ।
बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
फेसबुक पेज Like गर्नुहोस