मुख्यमन्त्री राईले बर्खास्त गरे अर्थमन्त्री
खबर एक्सप्रेस
२०७७-०९-११ ०८:१६ मा प्रकाशित
Total Shares: 471
काठमाडौं - प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बो बर्खास्त भएका छन् ।
शनिबार साँझ मुख्यमन्त्री शेरधन राईले संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । नेकपाका अध्यक्षद्वय प्रचण्ड-नेपाल पक्षका आङ्बोलाई आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने आशंकामा मुख्यमन्त्री राईले बर्खास्त गरेको स्रोतले बताएको छ ।
मुख्यमन्त्री राई भने नेकपा ओली समूहका हुन् । प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन् । जसमध्ये पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस