काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा सरेका छन् । उनी केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् ।

देउवा निकट स्रोतका उनी ज्योतिषले दिएको समयमा बालुवाटार प्रवेश गरेका हुन्। गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए ।