क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्री मेहताको निर्देशन
काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्तिलाई सहज बनाउन निर्देशन दिएकी छन् ।
औषधि व्यवस्था विभागको अनुगमनपछि उनले क्यान्सरलगायत औषधिको अभाव हुन नदिन यस्तो निर्देशन दिएकी हुन् ।
उनले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेस गरेका तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिइन् ।
साथै, मन्त्री मेहताले विभागलाई प्रभावकारी बनाउन तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोतसाधन र जनशक्तिको विवरण अविलम्ब पेस गर्न आग्रह निर्देशन दिएकी छन् ।
मन्त्री मेहताले सरकारबाट नि:शुल्क वितरण गरिने औषधि र स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध गराइने औषधीको गुणस्तर परीक्षणलाई जोड दिन पनि सम्बद्ध पक्षलाई निर्देशन दिएकी छन् ।
यसैबीच, औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले विभागको हालको कामकारबाहीबारे मन्त्रीलाई जानकारी गराएकी थिइन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस