बालुवाटारमा सुरु भयो ओली समूहका सांसदहरुको भेला
काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी ओली समूहका सांसदहरुको भेला सुरु भएको छ । आइतबार संसद विघटन गरेपछि ओलीले आजका लागि आफ्नो समूहका सांसदहरुको भेला बोलाएका थिए ।
‘प्रधानमन्त्रीले विघटित प्रतिनिधिसभाका सदस्यहरूसँग बालुवाटारमा छलफल गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।भेलाले नेकपाभित्रको प्रचण्ड-नेपाल समूहले अपनाउन सक्ने रणनीतिहरुविरुद्ध कसरी प्रतिवादका लागि तयारी रहनेबारे छलफल भइरहेको एक सहभागीले जानकारी दिए ।
भेलामा ओलीले विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका आफू निकट सांसदहरुसँग पछिल्लो कदमको औचित्य पुष्टि गर्न प्रयास गर्नेछन् । भेलामा गृहमन्त्री रामबहादुर थापा उपस्थित छैनन् ।
फेसबुक पेज Like गर्नुहोस