प्रदीप नेपालको निधनप्रति संसद्बाट शोक प्रस्ताव पारित
खबर एक्सप्रेस
२०८२-०१-२४ ०६:३२ मा प्रकाशित
Total Shares: 43
काठमाडौं - पूर्वसांसद तथा पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति संसद्बाट शोक प्रस्ताव पारित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेको हो ।
मंगलबार ७१ वर्षको उमेरमा वामपन्थी नेता नेपालको नर्भिक अस्पतालमा निधन भएको थियो ।
उनी पार्किन्सन रोगबाट पीडित थिए ।
फेसबुक पेज Like गर्नुहोस