प्रचण्ड-नेपाल समूहले बुधबार दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले बुधबार दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने भएको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा भंग गरेपछि आक्रोशित बनेको यो समूहले आज काठमाडौँ उपत्यकासहित देशभार प्रदर्शन गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा भएको संसद् विघटनको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार पार्टीको बैठक बस्ने र अझै शसक्त आन्दोलनको कार्यक्रमको घोषणा गर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्य, वरिष्ठ नेता झलनाथ खनाल, अध्यक्षद्वय माधवकुमार नेपाल तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले चालेको कदमको चर्को विरोध गरेका थिए । ओलीले असंवैधानिक कदम चालेको कारणले गर्दा प्रतिनिधि सभा पुनःस्थापना गरेरै छोड्ने बताएका थिए ।
त्यस्तै, विरोध सभाका प्रवक्ता योगेश भट्टराईले १२ बजे स्थायी समिति सदस्य बैठक बसेर भावी आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने र ३ बजे कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस