जातीय विभेद लोकतन्त्रले स्वीकार गर्न सक्दैन : पूर्वराष्ट्रपति
काठमाडौं - पूर्वराष्ट्रपति डा रामवरण यादवले जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ प्रेस स्वतन्त्रता हुने बताएका छन्। नेपाल पत्रकार महासङ्घ दलित समितिको आयोजना र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको आतिथ्यतामा नेपाल पत्रकार महासङ्घ दलित समुदायका पत्रकारको राष्ट्रिय सम्मेलनमा उनले विभेद् लोकतन्त्रले स्वीकार गर्न नसक्ने बताए। उनले जातीय विभेद्का विरुद्ध लडिरहन आग्रह गरे ।
सम्मेलनमा महासङ्घका अध्यक्ष गोविन्द्र आचार्यले कतिपय कानूनमा अझै समानता नभएको बताए । उनले सञ्चारको संरचनामा अझै सङ्घीयता नआएको र पत्रकार महासङ्घमा अहिले दलित, महिला, जनजाति तथा मधेशी लगायतका सचिव रहेका जानकारी गराए ।
कार्यक्रममा सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, प्रदेश सभा सदस्य तुलाराम घर्ती र वीरबहादुर राना, जिल्ला समन्वय समितिका संयोजक दयाराज बस्याल, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले दलित समुदायले जातीय आधारमा समस्या भोगेको र त्यस समुदायका पत्रकारका समस्या तथा भोगाइ अझै पीडादायक रहेकाले त्यस्ता समस्या हटाउनुपर्नेमा जोड दिए ।
फेसबुक पेज Like गर्नुहोस