रास्वपाले टुंग्यायो १५ मन्त्रीहरुको नाम: सभामुखमा डीपी अर्याल
काठमाडौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ नेतृत्वको मन्त्रिपरिषदमा रहने १५ मन्त्रीको नाम टुंगो लागेको छ ।
बालेनलाई आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरिसकेका छन् । उनले अब केही समयपछि पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
आज बिहान बसेको पार्टीका उच्च तहको बैठकले अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, कानुनमा सोविता गौतम, ऊर्जामा विराजभक्त श्रेष्ठ, गृहमा सुदन गुरुङ, परराष्ट्रमा शिशिर खनाल र सामान्य प्रशासनमा प्रतिभा रावलको नाम टुंगो लगाएको छ ।
यसैगरी, पर्यटनमा खडक ९गणेश० पौडेल, उद्योगमा अमरेशकुमार सिंह, भौतिक पूर्वाधारमा सुनिल लम्साल, कृषिमा गीता चौधरी, सञ्चारमा विक्रम तिमिल्सिना, श्रममा दीपक साह, शिक्षामा सस्मित पोखरेल, महिलामन्त्रीमा सीता वादी र स्वास्थ्य मन्त्रीमा निशा मेहताको नाम टुंगो लगाएको छ ।
रास्वपाले आफ्नो उपसभापति डोल प्रसाद अर्याल ९डीपी० लाई प्रतिनिधिसभाको सभामुख बनाउने भएको छ।
उपसभापति अर्यालले सभामुखभन्दा गृहमन्त्रीमा नजर लगाएका थिए । सभामुख हुँदा पार्टीसँग सम्बन्ध कमजोर हुने आकलनसहित उनले मन्त्री हुने चाहनामा देखिएका थिए । यता सभापति रवि लामिछानेले पनि अर्याललाई गृह मन्त्रालयमै पठाउन खोजेका थिए ।
तर गृह मन्त्रालय बालेनले कोटाबाट छान्नुपर्ने भएकाले उनलाई सभामुख बनाउने निर्णय भएको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस