सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको लेक लागेर मृत्यु
खबर एक्सप्रेस
२०७९-०१-२५ ०५:३० मा प्रकाशित
Total Shares: 548
काठमाडौं,सोलुखुम्बु - विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एक जना रुसी नागरिकको मृत्यु भएको छ ।
राहदानी नम्बर ७५११०३२२४ बाहक ५५ वर्षीय रुसी नागरिक पाभेल कोफट्रिकिनको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । सेभेन समिट क्लब रसियाबाट आरोहण गर्न आएका उनको खुम्बुपासाङल्हामु गाउँपालिका–४ मा पुग्दा अचानक लेक लागेर मृत्यु भएको हो ।
उनको शव अल्टिच्युड एयरको हेलिकोप्टरद्वारा त्रिविवि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस