विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल
काठमाडौं - नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत सातौँ शृंखलाको पहिलो खेलमा आज स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली विरुद्ध फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा स्कटल्यान्डका कप्तानरिची बेरिङ्टनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
घरेलु मैदानमा खेलिरहेको नेपाल भने सुरुआती दबाब सिर्जना गर्दै विजयी शुरुआत गर्ने लक्ष्यमा मैदान उत्रिएको छ ।
दुवै टोलीबीचको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा निकै प्रतिस्पर्धात्मक रहँदै आएको छ ।
हालसम्म नेपाल र स्कटल्यान्डबीच १० ओडीआई खेल हुँदा नेपालले पाँच खेल जितेको छ भने स्कटल्यान्डले चार खेल आफ्नो पक्षमा पारेको छ । एक खेल भने नतिजाविहीन बनेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस