काठमाडौं-काठमाडौंको माइतीघरमा सहकारी पीडितले अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् ।

लामो समयदेखि सहकारीका समस्या ज्युँ का त्युँ रहेको भन्दै उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै अर्धनग्न प्रदर्शन गरेका हुन् ।

उनीहरुले नकाब लगाएर प्रदर्शन गरेका थिए ।

उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता लिन उनीहरुले माग गर्दै आएका छन् ।