महोत्तरीमा सवारी दुर्घटना हुँदा एकै परिवारका तीनजनाको मृत्यु
खबर एक्सप्रेस
२०८०-०१-०६ ०३:५८ मा प्रकाशित
Total Shares: 95
काठमाडौं,महोत्तरी-महोत्तरीमा दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ । बुधबार यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो ।
बा ३ ख २३९६ नम्बरको गाडीले मधेश प्रदेश- ०१-००४- ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकैपरिवारका बहिनी, भान्जी र मामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गौशाला नगरपालिका-२ बस्ने अमित कुमार मण्डल, सिरहा कल्याणपुर विवाह गरेर गएकी मण्डलकी बहिनी अन्जु मण्डल र उन्की ४ बर्षिय छोरी अन्सु मण्डलको उपचारको क्रममा मृत्यु भएको हो ।
अमित र अन्शुको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा र अन्जुको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस