ताप्लेजुङमा चट्याङ लागेर बालककाे मृत्यु, दुई जना घाइते
खबर एक्सप्रेस
२०८०-०१-१४ १०:५४ मा प्रकाशित
Total Shares: 109
काठमाडौं,ताप्लेजुङ - ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो ।
चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् ।
घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए।
फेसबुक पेज Like गर्नुहोस