राष्ट्रपति भण्डारीसमक्ष तीन राजदूतले लिए शपथ
खबर एक्सप्रेस
२०७७-०७-१६ ०५:०२ मा प्रकाशित
Total Shares: 606
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् ।
राजदूतहरु गेहेन्द्र राजभण्डारी (बेल्जियम), तापस अधिकारी (पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसमेतको सहभागिता थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस