‘प्रचण्ड र माधव नेपाल खिया लागेको नट बल्टु’
काठमाडौं - गृहमन्त्री रामबहादुर थापा बादलले पुरानो संसद् पुनर्स्थापनाले अस्थिरतालाई जन्माउनुका साथै प्रतिगमनलाई पनि सहयोग पुग्ने दावी गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा उनले भने, ‘पुरानो संसद पुनर्स्थापनाले राजनीतिक अस्थिरतालाई जन्माउँछ । त्यसकारण त्यसको राजनीतिक औचित्य समाप्त भएको थियो । संसद पुनर्स्थापना भए प्रतिगमनलाई सहयोग पुर्याउँछ ।’
उनले अबको चुनावबाट स्थापना हुने नयाँ संसदले नै देशमा स्थायित्व ल्याउन सक्ने समेत जिकिर गरे । आफूहरु त्यही निष्कर्ष पुगेर नै संसदको पुनर्स्थापना होइन नयाँ संसदका लागि जनताको बीचमा आएको उनको भनाइ छ । यस्तै उनले प्रचण्ड र माधव नेपाललाई खिया लागेको नट बल्टुको संज्ञा दिँदै उनीहरु पार्टीबाट बाहिरिएसँगै अहिले शुद्धीकरण अभियान चलिरहेको बताए । यसबाट पार्टी मजबुद बनेर जाने पनि उनको भनाइ थियो ।
फेसबुक पेज Like गर्नुहोस