कोशी र मधेस प्रदेशसहित पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं - देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी र मधेश प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा मौसममा आंशिकदेखि साधारणतया बदली रहने देखिएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी तराईका क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। कोशी र मधेश प्रदेशका थोरै स्थानहरूका साथै वागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, रातिको समयमा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।
कोशी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग र वागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस