नीति तथा कार्यक्रम वैशाख १९ गते आउँदै
खबर एक्सप्रेस
२०८२-०१-१६ ०५:१५ मा प्रकाशित
Total Shares: 60
काठमाडौं-सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही वैशाख १९ गते ल्याउने भएको छ ।
सभामुख देवराज घिमिरेले मंगलबारको प्रतिनिधिसभा बैठकमा जानकारी गराएका हुन् ।
उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्नेछन् ।
त्यसदिनको बैठकमा सहभागी हुँदा राष्ट्रिय पोशाकमा रहनुपर्ने सभामुख घिमिरेले संसद्मा जानकारी गराएका थिए ।
फेसबुक पेज Like गर्नुहोस