प्रचण्ड र गौतमबीच खुमलटारमा भेटवार्ता
खबर एक्सप्रेस
२०७७-०९-११ ११:५२ मा प्रकाशित
Total Shares: 570
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।
शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड र गौतमबीच भेटवार्ता भएको हो । भेटमा पार्टी विभाजनपछि दुवै समूहमा नलागेका गौतमलाई प्रचण्डले आफुतिर आउन आग्रह गरेको खुमलटार स्रोतले बतायो ।
यसअघि माधवकुमार नेपालसहितका नेताहरुसँगको भेटमा गौतमले आफूले केही समय सोचेर मात्रै निर्णय लिने बताएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा फूट आएको छ। उपाध्यक्ष गौतमले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको बताए पनि पार्टी विभाजमा कुनै पनि पक्षमा खुलेका छैन्।
फेसबुक पेज Like गर्नुहोस