काठमाडौं - राजधानीको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालय, जसलाई देशभरका कम्पनी तथा व्यवसाय दर्ता र अद्यावधिकको एकमात्र निकाय मानिन्छ, आजभोलि सेवा प्रवाहको नाममा असन्तुष्टि  र अव्यवस्थाको पर्याय बनेको छ तर पनि पैसा असुल्दै सुशासनका कुरा गर्छन उपरजिष्ट्रार कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा सेवाग्राहीको चाप थियो  सिस्टमको अस्तव्यस्तताका कारण कुनै पनि काम अघि बढेको थिएन अनलाइनबाट नयाँ कम्पनी दर्ताको फाराम जाँच गरिरहेका कर्मचारी बाहिर चिया खान निस्किए । सेवाग्राहीसँग कुर्नुको विकल्प थिएन  । नयाँ कम्पनी दर्ता तथा अद्यावधिक गर्ने एक मात्र निकाय राजधानी त्रिपुरेश्वरको कम्पनी रजिस्ट्रारको कार्यालय बिचौलियाको घेराबन्दीमै देखिएको छ । 

सेवाग्राहीले सहज सेवा लिनसक्ने वातावरण नभएको सेवाग्राही बताउँछन् । वकिल अथवा बिचौलियाहरूको साथ नलिए काम हुनसक्ने अवस्था छैन । जसले सेवाग्राहीलाई अन्योल बनाएको छ ।आइतबार हाम्रो टोली कार्यालयमा पुग्दा १० बजे नै सेवाग्राहीको चाप थियो तर सिस्टम भने अव्यवस्थित थियो । क्रमैैसँग कम्पनी दर्ताको काम हुने भएपनि त्यो व्यवस्थित देखिएन । हरेक कोठामा सेवाग्राही कोचाकोच देखिए तर भीड व्यवस्थापनको कुनै गुञ्जायस देखिएन । कार्यालय अव्यवस्थित, फाइल छरपस्ट र फाइल खोजेको समयमा नभेटिने अवस्था उत्तिकै छ । कार्यालयको सरसफाइमा खासै चासो लिइएको छैन ।

अनलाइनबाट काम गर्ने व्यवस्था गरिए पनि सिस्टमले निवेदनहरु छरपष्ट हुँदा कर्मचारीहरु नै अन्योल देखिन्थे  । कार्यालयले ढिलासुस्तीमा न्यूनीकरण गर्न सकेको छैन  । फाइल खोज्न दुई दिन लाग्यो । कम्पनी अद्यावधिक गर्न आउने अधिकांश सेवाग्राही जरिवानामा परेकै हुन्छन् । कार्यालयका अनुसार हरेक १० वटा कम्पनीमध्ये सात वटा कम्पनी कुनै न कुनै जरिवानामा परेकै हुन्छन् । सरकारले कम्पनी तथा व्यवसाय सहजीकरण गर्न अध्यादेश ल्यायो तर कम्पनीका उपरजिष्ट्रार देवी प्रसाद सुवेदी र सुर्य प्रसाद चापागाई को कम्पनीमा यि दुइ उपरजिष्ट्रारको हालिमुहाली छ । बाहिर सुशासनको कुरा गर्न भित्र भने एउटा बिदेशी कम्पनी दर्ता गर्न जाँदा पैसा  माग्ने नभए रिजेक्ट गर्ने गरेको धेरै सेवाग्राहीबाट गुनासो छ, तर सुवेदी भने मन्त्रालय र बाहिर बाहिर सुशासनको कुरा गर्ने बुझिएको छ  । स्रोतका अनुसार सिस्टम बिगार्नमा समेत यी दुई उपराजिस्टरको भूमिका रहेको दाबी छ ।

 अब कम्पनीको सुशासनको कुरा गर्ने हो भने त्यँहा कार्यरत सहायक रजिष्ट्रार कन्यैया कुमार मिश्र , सरोज भट्ट , रेशम भण्डारी  काम नगर्नेको एक नम्बरमा भएको र उनीहरुले सञ्चालक आफै आएको कम्पनीको काम छुदैँ नछुने र अध्यावधिकमा समेत चलखेल गर्ने गरेको गुनासो छ  । उनीहरुको कम्पनी त व्यवसाय जस्तै भएको छ । अझ कम्पनी रजिष्ट्रार कार्यालयमा रमेश सिंह भण्डारी र संगीता  चौलागाई अवधि पुगेर पनि  सरुवा रोकेर बसेका छन ।

 सूचनाको हक ऐन २०६४ ले आम नागरिकलाइ सार्वजनिक सरोकारको विषयमा सुचना माग्न पाउने व्यवस्था छ ,तर कम्पनी रजिष्ट्रार कार्यालयका कम्प्युटर अपरेटर शेर बहादुर बयक , नासु इश्वर पौडेल , जसबाट सेवा पाउन अत्यन्तै जटिल छ । यता कम्पनी रजिष्ट्रार कार्यालयको आइटी शाखा छ तर त्यँहा न कर्मचारी बस्छन, न आइटीका फोन नै उठाउँछन यता  सुभाशिष कुँवर ,  देवी प्रसाद सुवेदीको त प्रत्यक्ष सलग्नता भएको आरोप छ ।  अधिकांश कम्पनीका सञ्चालक जरिवाना तोकिएको समयभन्दा ढिला आएको र कागजात नमिलेको वा नयाँ व्यवस्था अनुसार परिमार्जन गरेका छैनन् । तर सेवाग्राही भने आफूहरूलाई थाहै नभएको बताउँदै जरिवाना तिर्न बाध्य हुन्छन् ।

कार्यालयमा सेवाग्राहीको चाप छ, तर चाप व्यवस्थापनको लागि थेग्न सक्ने सर्भरको क्षमता देखिदैन र सुधारका लागि कुनै पहल देखिँदैन । मन्त्रालयमा मन्त्रीको सचिवालयमा सेवाग्राहीबाट गुनासो टिपाउन स्वकीय सचिवको फोन उठ्दैन यता कार्यालय आएर अनलाइन फाराम हेर्न खोज्दा कहिले इन्टरनेट डाउन त कहिले सर्भर डाउन भएर सेवाग्राही समस्यामा पर्ने गरेका छन् । अहिले परिक्षणमा रहेको क्यामिस सिस्टममा हामिले १५ जना सेवाग्राहीसँग सोधपुछ गर्दा एक जना पनि सन्तुष्टि देखिएनन । यसर्थ आगामी दिनमा सेवामा  सुदृढीकरण गर्न सम्बन्धित निकायबाट यस्ता कर्मचारी र उक्त प्रणालीको छानबिन गर्न नितान्त आवश्यक छ, तर कम्पनी रजिस्ट्रार  भने सुधारका थुप्रै प्रयासहरु गरेको दुई उपरजिष्ट्रारहरु को चलखेल र असहयोगको कारण उनका प्रयासहरू पनि असफल भएको  धेरैको भनाइ छ ।