भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
खबर एक्सप्रेस
२०८१-०९-१२ ०७:१४ मा प्रकाशित
Total Shares: 37
काठमाडौं - भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार सिंहको निधन भएको हो ।
सिंहको स्वास्थ्य बिग्रिएपछि बिहीबार साँझ नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना गरिएको थियो ।
एम्सको मिडिया सेलले सिंहको निधन भएको जानकारी दिएको छ । उनको बिहीबार राति ९ः५१ बजे उनको मृत्यु भएको जनाइएको छ । मनमोहन सिंह दुईपटक भारतको प्रधानमन्त्री भइसकेका छन् । उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए ।
फेसबुक पेज Like गर्नुहोस