काठमाडौं - पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । 

उनी भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्श ‘एनएक्सटी २०२६ ग्लोबल समिट’ मा सहभागी हुन गएका हुन् ।

उक्त समिट नयाँ दिल्लीस्थित भारत मण्डपममा मार्च १२, १३ र १४ मा आयोजना हुनेछ । 

यसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुनेछन् भने डा भट्टराई ‘गेस्ट अफ अनर’ को रूपमा उपस्थित रहनेछन् ।

आयोजकका अनुसार, विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा विशिष्ट शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको समिटमा सहभागी हुनेछन् । समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने यस सम्मेलनलाई समसामयिक वैश्विक बहस र सहकार्यको महत्त्वपूर्ण मञ्चका रूपमा लिइएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले १४ मार्चमा‘डेमोक्रेसी इन द एज अफ एआईएम डिजिटल गभर्नेन्स एन्ड द युथ’ शीर्षकको सत्रलाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । भट्टराई १४ मार्च स्वदेश फर्कने सचिवालयले जनाएको छ ।