काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको बहुमत सचिवालय सदस्यको बैठक शुरू भएको छ ।

लिखित रुपमा सचिवालय बैठकको माग गर्दा पनि नेकपा अध्यक्ष केपी शर्मा ओली सहमत नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको बहुमत सचिवालय सदस्य पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा भेला भएका हुन् ।

छलफलमा अध्यक्ष प्रचण्डसहित, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् । आजको छलफलपछि औपचारिक बैठकको मिति तय गर्ने स्रोतको दाबी छ । 

धुम्बाराहीमा भेला हुनुअघि प्रचण्डले अर्का अध्यक्ष ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका थिए । पछिल्लो समय नेकपामा आन्तरिक विवाद चुलिँदै गएको छ ।