प्रतिनिधि सभाको बैठक बस्दै, एमालेको अवरोध कायमै रहने
काठमाडौं - प्रतिनिधि सभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ।
बैठक बस्नु अघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बैठक बोलाईएको सभामुखको सचिवालयले जनाएको छ ।
आजको बैठकमा सम्भावित चार कार्यसूची रहेका छन् । जसअनुसार कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र प्रसाद बडुले ‘यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ र ‘फैजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै, सांसद प्रेम सुवालले उक्त दुवै अध्यादेश ‘अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैबीच, प्रमुख प्रतिपक्ष नेकपा संसदमा अवरोध गर्दै आएको छ । आजपनि एमालेले संसद बैठकमा अवरोध गर्ने तथा विरोध जनाउने एमाले सांसद तथा केन्द्रीय सदस्य पदम गिरीले नेपालीपत्रलाई जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस