नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु, ओली गएनन्
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित भएका छन् । बैठक बस्नुअघि ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।
मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
पार्टीमा परामर्श नै नगरी अध्यादेश ल्याएको भन्दै नेताहरु चिढिएका छन् । त्यहीँ विषयलाई आज बस्ने स्थायी कमिटी बैठकमा प्रचण्ड–नेपाल पक्षले चर्काउने तयारी गरेका छन् । यसै विषयलाई लिएर ओली बैठकमा सहभागी नभएको बुझिएको छ ।
फेसबुक पेज Like गर्नुहोस