जम्मु कश्मीर आतंकवादी आक्रमणको प्रधानमन्त्री ओलीले गरे निन्दा, भने – साथमा छौँ
खबर एक्सप्रेस
२०८२-०१-१० १०:०२ मा प्रकाशित
Total Shares: 83
काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतङ्कवादी हमलाको निन्दा गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । ‘दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतङ्कवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भर्त्सना गर्दछ,’ ओलीले भनेका छन् ।
फेसबुक पेज Like गर्नुहोस