काठमाडौं - नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज शपथ ग्रहण गर्दैछन् ।

बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउन लागेका हुन् ।

गत बैशाख १७ गते उनलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए ।

गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन्। प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेका थिए।