दोलखामा रास्वपाका जगदीश खरेल विजयी
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 35
दोलखा - दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल निर्वाचित भएका छन् ।
खरेल ३२ हजार ३७६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङले १७ हजार ४४९ मत प्राप्त गरेका छन् ।
खरेलले १४ हजार ९२७ मतान्तरले जित हासिल गरेका हुन् ।
त्यस्तै, नेकपाका उम्मेदवार विशाल खड्काले १३ हजार ६५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २ सय ९८ मत पाएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस