काठमाडौं - उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ । आइतबार राति काठमाडौँ उपत्यकामा हावाहुरी र हावाहुरीसँगै असिनासहित भारी वर्षा भइरहेको हो । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले काठमाडौँ उपत्यकामा वर्षाको भएको हो । 

हाल देशका पहाडी भूभागमा सामान्य वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा अहिले वर्षा भइरहेको विभागले जनाएको छ ।