सिआइबीद्धारा पूर्वमन्त्री दीपक खड्का पक्राउ
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 30
काठमाडौं - पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो ।
भदौ २४ गते उनको निवासमा भएको आगजनी घटनापछि गरिएको अनुसन्धानका क्रममा नेपाली रुपैयाँसहित विभिन्न विदेशी मुद्रा फेला परेका थिए ।
उनी स्काउटको जग्गा हिनामिना प्रकरणमा पनि मुछिएका थिए । उनीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनेछ ।
प्रहरीले यसअघि शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस