जुम्लाका आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिद्धारा ध्यानाकर्षण
खबर एक्सप्रेस
२०७७-१०-१४ ०१:२८ मा प्रकाशित
Total Shares: 301
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छिन् ।
राष्ट्रपतिले आज अपराह्न ट्विटमार्फत अग्निपीडितप्रति सहानुभूति व्यक्त गर्दै पीडित परिवारका लागि राहत एवं पुनस्थापनाको आवश्यक व्यवस्था मिलाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छिन् ।
फेसबुक पेज Like गर्नुहोस