काठमाडौं -संसद विघटन सम्बन्धी पत्र संसद सचिवालयमा दर्ता भएको छ। राष्ट्रपति कार्यालयबाट पठाइएको पत्र संसद् सचिवालयमा बेलुका ५ बजे दर्ता भएको हो।

योसँगै संसद विघटनयताको औपचारिक प्रक्रिया पूरा भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्न सिफारिस गरेको थियो। दिउँसो राष्ट्रपतिबाट विघटन भैसकेको छ ।