काठमाडौं,पर्सा - १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरीलाई विवाह गर्ने, शहर लगी घुमाई दिने, सिनेमा देखाइ दिने तथा राम्रा लुगा कपडाहरू खरिद गरिदिने जस्ता विभिन्न प्रलोभन देखाई गत जेठ १० गतेदेखि असोज ६ गतेसम्म विभिन्न स्थान तथा खेतमा लगी अन्सारीले पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।