आज श्री एयरलाइन्सका सबै उडान स्थगित
खबर एक्सप्रेस
२०८०-०३-१७ ०८:४३ मा प्रकाशित
Total Shares: 98
काठमाडौं - श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ ।
सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ ।
शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो ।
आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले एयरलाइन्सले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस