प्रधानमन्त्री ओलीले पनि छुट्टै प्रस्ताव पेस गर्ने, केन्द्रीय कमिटी बैठक सर्यो
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर १८ मा स्थायी कमिटी बैठक र मंसिर १५ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठक मंसिर २५ गते बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस्तै, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् । यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकल राजनीतिक प्रतिवेदन पेश गरेका थिए । त्यसपछि नेकपा विवाद पुनः उत्कर्षमा पुगेको छ ।
अब सचिवालय बैठक मंसिर १३ गते बस्नेछ । उक्त बैठकमा प्रधानमन्त्री ओलीले पेश गर्ने प्रस्तावबारे पनि छलफल हुने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस